काठमाडौं – सुन्दरीजलबाट ल्याइएको खानेपानी गोकर्णेश्वर भएर बग्ने कोलमती खोलाको पाइपमा ड्रिल गरी चोरी हुने गरेको छ । वैधानिक धारामा पानी आउँदैन भने चोर्नेले दुरुपयोग गरिरहेका छन् ।
पानीका मुहानहरु व्यवस्थित ढंगले उपयोग र व्यवस्थापन गर्न नसक्दा खानेपानीको हाहाकार राजधानीको अधिकांस ठाँउमा हुने गरेको छ । उपत्यकाका वैधानिक धारामा पानी आउँदैन भने चोर्नेले दुरुपयोग गरिरहेका छन् । हामीले उपत्यकामा भित्रिने खानेपानी कसरी चोरी हुन्छ भन्ने तस्विर प्रस्तुत गरेका छौ ।