जेठ १५, काठमाडौं । अब पेन्सन हट्ने भएको छ । सरकाले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाफैत पेन्सन हटाएको हो । आर्थिक भार थेग्न नसक्ने भन्दै पेन्सन हटाइएको हो । गत वर्षसम्म कुल बजेटको ६ प्रतिशत रकम पेन्सनमा जाने गरेको थियो ।
आगामी साउनबाट पेन्सन हट्ने भएको छ । २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् । उनीहरुको योगदानमा आधारित निवृत्तिभरण पाउने छन् ।
कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकम सञ्चयकर्ताले सेवा अवधिकै क्रममा सहुलित ऋण लिन सक्छन् भने अवकासपछि एकमुष्ट रुपमा पाउँछन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेट मंगलबार संघीय संसदमा पेस गरेका छन् ।