कास्की

सिटि टुर गाईड एसोसियसन पोखरामा तदर्थ समिति गठन, अध्यक्षमा कृष्ण र सचिवमा निर्मला चयन

By peoplesdailynepal

June 03, 2018

असार-२०, पोखरा / सिटि टुर गाईड एसोसियसन पोखराको भेला द्वारा सिटि टुर गाईड एसोसियसन पोखराको तदर्थ समिति गठन भएको छ । भेलाले अध्यक्षमा कृष्ण भारती, उपाध्यक्षमा दिनेश गौतम, सचिवमा निर्मला सुवेदी, सहसचिवमा कृष्ण शर्मा र कोषाध्यक्षमा दिपेन्द्र पौडेललाई चयन गरेको छ ।

यसै गरि समितिको सदस्यहरुमा गोविन्द अधिकारि, दर्शन पौडेल, रामकृष्ण तिमिल्सिना र रमित देवकोटा रहेका छन् । यसैगरी भेलाले तदर्थ समितिको सल्लाहाकारको रुपमा राजु तिमिल्सिना, कृष्ण कुमार गुरुङ, आकाश लामिछाने, युवराज अधिकारि, सालिकराम तिमिल्सिना र विजय केसी चयन गरेको छ ।