२२ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको आयातमा लाग्ने करमा वृद्धि गरेपछि कम्पनीहरुले नयाँ मूल्यसूची सार्वजनिक गर्न थालेका छन् । तर, स्टकमा रहेका बाबइकको मूल्य भने पुरानै सूचीअनुसार नै बिक्री हुने जानकारी कम्पनीहरुले दिएका छन् ।
नेपालमा सबैभन्दा धेरै बिक्री हुने बजाज बाइकको आधिकाकरिक वितरक एचएएच बजाजले पनि आफ्नो मूल्यसूची सार्वजनि गरेको छ । कम्पनीले बजेट पूर्वकको मूल्य (प्रि बजेट प्राइस) र बजेट पछि आउने बाइकको मूल्य (पोस्ट बजेट प्राइस) को सूची सार्वजनिक गरेको छ ।
२०७५ जेठ २२ गते अनलाईनखबरमा ११:१४ मा प्रकाशित