Breaking News

बालाजु दुध डेरीमा छापा : सक्रिय अनुगमनमा कृषिमन्त्री

By Peoplesdailynepal

June 11, 2018

काठमाण्डौ, २८ जेठ – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् । दूध उत्पादन कम्पनीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा पुगेका हुन् ।

मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित मंगलबार बिहान पुगेका मन्त्री खनालले अहिले अनुगमन गरिरहेका छन् । यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए ।