Breaking News

सवारी लाईसेन्स कार्यालयको ब्रह्मलुट, यसरी बनाइन्छ सवाग्राहीलाई मुर्गा (हेर्नुहोस् भिडियो )

By Peoplesdailynepal

June 12, 2018

पोखरा । यातायात व्यवास्था कार्यलय सवारी चालक अनुमतीपत्र गण्डकीको कार्यालयमा चरमा लापरवाही हुँदै अाएको खुलासा भएको छ । कार्यालयको लापरवाहीले सेवाग्राही हैरानमा छन् । सिस्टम चल्दैन, कर्मचारी मस्तीमा छन् भने कार्यालय भित्रका व्यवसायीहरुको ब्रह्मलुट छ । रु १० को टिकटलाई १५ देखी ५० सम्म बेच्छन् । । पोखराको पार्दीमा यस्को कार्यालय छ, जहाँ देख्न पाईन्छ कर्मचारीदेखि व्यपारीसम्मका कर्तुतहरु ।

केही दिनअघि मात्र प्रदेश सरकारले समृद्ध प्रदेशको अवधारणामा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो तर त्यो नीति तथा कार्यक्रम मात्र होईन देशकै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आउनुभएको भष्ट्राचार मुक्त देशको समेत खिल्ली उडाईएको छ यातायात कार्यालय लाईसेन्स बिभागमा ।

दैनिक हुने ट्राफिक चेकिङले लाईसेन्स नहुनेहरुका लागी निद्रा हराम बनाएको छ नै हुनेहरुको नविकरणले पनि उत्तिकै टाउको दुखाईको बिषय बनेको छ । लाईसेन्सको लागी यो कार्यालयमा दिनहुँ एक हजार भन्दा बढी मानिसहरु आउँछन् तर बिडम्बना काम भने दुईसय जनाको जत्ति पनि हुँदैन । लाईसेन्स बिभागमा सेवाग्राहीलाई कसरी मुर्गा बनाईन्छ ।