Breaking News

विश्वककप फुटबल प्रर्दशनका लागि कास्की प्रशासनका ११ बुँदे सूचना

By peoplesdailynepal

June 13, 2018

पोखरा, ९ जेठ/जिल्ला प्रशासन कार्यालय कास्कीले विश्वकप फुटबलको सार्वजनिक प्रदर्शन गर्दा कुनैपनि शुल्क उठाउन नपाउने सूचना जारी गरेको छ । प्रशासन कार्यालयले मंगलबार ११ बुँदे सूचना जारी गर्दै प्रशासनको अनुमतिमा मात्र फुटबल देखाउन पाइने व्यवस्था समेत गरेको छ।

त्यस्तै फुटबल प्रदर्शन गर्ने ठाउँमा अनिवार्य सिसीटिभी राख्नुपर्ने सूचनामा उल्लेख छ। प्रशासनले खेललाई लिएर जीत हारमा बाजी राख्न समेत प्रतिबन्ध लगाएको छ। सूचनामा भनिएको छ – खेलको हार जीत लगायतको विषयलाई लिएर कुनैपनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन पाइने छैन।

विश्वकप फुटबलको २१ औं संस्करण आउने बिहीबारदेखि रूसमा सुरू हुँदैछ। प्रशासन कार्यालयले आयोजकले फुटबल प्रदर्शन गर्दा अनिवार्य रुपमा स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने व्यवस्था गरेको छ। साथै विश्वकप हेर्दा होहल्ला गर्न समेत नपाइने सूचनामा उल्लेख छ।

विश्वककप फुटबल प्रर्दशनका लागि कास्की प्रशासनका ११ बुँदे सूचना