Breaking News

ग्रिनपिस रिसोर्टबाट साढे ४ लाख रुपैयाँसहित १६ जुवाडे समातिए

By Peoplesdailynepal

June 17, 2018

काठमाडौं, ३ असार । प्रहरीले काठमाडौंको तार्केश्वर–५, मुडखुस्थित ग्रिनपिस रिसोर्टमा छापा हानेर १६ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४ लाख ५२ हजार ६ सय ५० रुपैयाँ बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष टोलीले टेकजाँदा गर्दा कौडा खेलाइरहेको अवस्थामा १६ कौडा र विभिन्न कम्पनीका मोबाइल २१ वटा समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा १२ जना पुरुष र ४ जना महिला छन् । उनीहरुले कानुनी कारबाहीबाट बच्ने उद्देश्यले विभिन्न स्थान र समय परिवर्तन गरेर नियमित रुपमा जुवा खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुको सूची