असार-३, पोखरा/ सामाजिक सेवामा अग्रसर पोखरामा रहेको रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलले एक कार्यक्रमका बीच कास्की पोखरा लेखनाथ महानगरपालिका पर्स्याङ स्थित धर्मस्थली निम्न माध्यामिक विधालयमा क्लब द्वारा स्थापित लाईब्रेरी उद्घाटन तथा हस्तान्तरण गरेको छ ।
१८ देखि ३० वर्ष उमेर समूह रहेका महिला हरुको क्लब रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलले आफ्नो सिग्नेचर कार्यक्रमको रुपमा लाईब्रेरी स्थापना कार्यक्रमलाई लिदैं आएको छ । आफ्नो क्लबको ६ औँ लाइब्रेरी तथा रोटा बर्ष २०१७/१८को दोश्रो लाइब्रेरी स्थापना गरेर हस्तान्तरण गर्न पाउँदा गर्व लागेको र यस कार्यलाई आगामी बर्ष पनि निरन्तरता दिने क्लब अध्यक्ष तथा कार्यक्रम सभापति अमृता पौडेलले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी डिस्ट्रीक्ट ३२९२ अन्तर्गत जोन-४ का असिस्टेन्ट गभर्नर नारायण प्रसाद शर्मा रिबन काटेर लाईब्रेरी उद्घाटन गर्दै अहिलेको युवा पंक्ति समाज सेवा मार्फत रास्ट्र निर्माणका लागेकोमा खुशी व्यक्त गर्दै उदाहरणीय कार्य गरेकोमा रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेललाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा उक्त विधालय व्यस्थापन समितिका अध्यक्ष वेदनिधि शर्मा उपस्थित हुनुभएको थियो भने अतिथिको रुपमा क्लबका पुर्व अध्यक्ष सृजना भुर्तेलको उपस्थिति रहेको थियो ।
प्राय विधार्थीहरु रहेको क्लबले आफ्नो दैनिकी खाजा खर्च कटाएर यस्तो महत्वपुर्ण क्षेत्रमा उल्लेखनीय सहयोग गरेकोमा आभार तथा धन्यवाद व्यक्त गर्दै अन्य कार्यक्रम तथा सहयोगहरु बाट पनि विधालय लाभान्वित हुने आशा विधालयका प्रधानाध्यापकले वताउनु भएको थियो । उक्त पुस्ताकालय रोटर्याक्ट क्लब अफ पोखराको र सोहि क्लबको ट्विन क्लब रोटर्याक्ट क्लब अफ मकाऊको संयुक्त व्यस्थापनमा सम्पन्न भएको कार्यक्रम संचालिका क्रिस्टिना भट्टराईले जानकारी दिनु भयो ।