Breaking News

राष्ट्रियसभाका भाग्यमानी अनुहार, कस्लाई पर्याे कति वर्षे चिठ्ठा ?(सूचीसहित)

By Peoplesdailynepal

June 18, 2018

असार ४, काठमाण्डौ/ गोला प्रथाबाट ५९ राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने लागेकाे छ । संघीय संसदमा  राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्दै अाफ्नाे कार्यकालकाे टुंगाे लगाएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ । राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ ।

गोला प्रथाबाट २ वर्ष, चार वर्ष वा ६ वर्ष कति पदावधि हुने भन्ने तय हुनेछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।

सांसदहरूको सूची
६ वर्षको कार्यकाल चार वर्षे कार्यकाल दुई वर्ष कार्यकाल
१.रमेशजङ्ग रायमाझी, १.परशुराम मेघी गुरुङ, १.हरिचरण सिवाकोटी,
२.जितेन्द्रनारायण देव, २.सुमनराज प्याकुरेल, २.रमेशप्रसाद यादव,
३.रामबहादुर थापा, ३.राधेश्याम अधिकारी, ३.बलरामप्रसाद बाँस्कोटा,
४.गणेशप्रसाद तिमिल्सिना, ४.दीनानाथ शर्मा, ४.सुरेन्द्रराज पाण्डे,
५.खिमलाल भट्टराई, ५.चन्द्रबहादुर खड्का, ५.दुर्गाप्रसाद उपाध्याय,
६.भैरवसुन्दर श्रेष्ठ , ६.खगेन्द्रप्रसाद पुरी, ६.कालीबहादुर मल्ल,
७.हरिराम चौधरी ७.शेरबहादुर कुँवर, ७.बद्रीप्रसाद पाण्डे,
८.बिना पोखरेल, ८.रामनारायण बिँडारी, ८.डा युवराज खतिवडा,
९.प्रमिलाकुमारी, ९.नैनकला ओझा, ९.सरिता प्रसार्इं,
१०.दिलकुमारी रावल, १०.शशिकला दाहाल, १०.मुक्ताकुमारी यादव,
११.दीपा गुरुङ, ११.उदया शर्मा पौडेल, ११.धनकुमारी खतिवडा,
१२.अनिता देवकोटा, १२.शान्तिकुमारी अधिकारी, १२.विन्दादेवी आले,
१३.नन्दा चपाई, १३.कोमल ओली, १३.मीना बुढा,
१४.इन्दु कडरिया, १४.कविता बोगटी, १४.युटोल तामाङ,
१५.नरपति लोहार, १५.तारादेवी भट्ट, १५.कमलाकुमारी ओली,
१६.सिंहबहादुर विश्वकर्मा, १६.खिमकुमार विक, १६.खेमराज नेपाली,
१७.प्रकाश पन्थ, १७.चक्र स्नेही, १७.रामप्रित पासवान,
१८.महेशकुमार महरा, १८.रामलखन चमार, १८.राजकुमार कुँवर र
१९.रामचन्द्र राई र १९.जीवन बुढा १९. वृशेषचन्द्र लाल
२०.विमला राई पौडेल २०.अगम वान्तवा राई