Breaking News

जितको खोजीको पेरु, के बलियो प्रतिद्धन्द्धी फ्रान्सलाई पराजित गर्न सक्ला ?

By Peoplesdailynepal

June 21, 2018

काठमाडौं, ७ असार । आज हुने विश्वकप अन्तर्गतको दोस्रो खेलमा फ्रान्स र पेरु एक आपसमा भिड्दैछन् । समूह ‘सी’ अन्तर्गतको खेलमा फिफा बरियातामा सातौं स्थानमा रहेको फ्रान्सले ११ औं स्थानमा रहेको पेरुसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हामीले फ्रान्स र पेरुबीचको खेलबारेमा केही तथ्यहरु प्रस्तुत गरेका छौं ।

– फ्रान्स पेरुबीच पछिल्लो पटक सन् १९८२ को अप्रिलमा मैत्रिपूर्ण खेल भएको थियो । उक्त समयमा दक्षिण अमेरिकन देश पेरु १–० गोलले विजयी भएको थियो ।

– दक्षिण अमेरिकी राष्ट्रले फ्रान्सलाई पछिल्लो पटक विश्वकपमा सन् १९७८ मा अर्जेन्टिना पराजित गरेको थियो । त्यसपछि फ्रान्सविरुद्ध दक्षिण अमेरिकी राष्ट्रले विश्वकपमा जित निकाल्न सकेको छैन । पछिल्लो ७ वटा विश्वकपको खेलमध्ये फ्रान्सले ३ खेलमा जित तथा ४ खेलमा बराबरी खेलेको छ ।

– फ्रान्सले दक्षिण अमेरिकी राष्ट्रसँग भएको पछिल्लो ६ वटा खेलमा क्लिन सिट राखेको छ । पछिल्लो पटक सन् १९८६ मा फ्रान्सबिरुद्ध ब्राजिलले गोल हानेको थियो ।

– पेरुले युरोपियन राष्ट्रसँग भएको पछिल्लो ५ खेलमा जित निकाल्न सकेको छैन ।  पेरुले २ खेलमा बराबरी तथा ३ खेलमा हार व्यहोरेको छ । पेरुले सन् १९७८ मा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

– पेरुले विश्वकपको पछिल्लो ७ खेलमा जित निकालेको छैन । जसमध्ये २ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेको छ ।