Breaking News

ठमेलका डन ‘भाले’ समातिए

By Peoplesdailynepal

June 21, 2018

असार ७, काठमाडौं । काठमाडौं प्रहरी परिसरले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भालेलाई पक्राउ गरेको छ ।

ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।

लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।