२१ असोज, सप्तरी । एक सातादेखि भारतमा थुनामा रहेका सीमा रक्षक देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् ।
विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा तिलाठी-कोइलाडी गाउँपालिका १ निवासी देवनारायण बाबुछोरा शनिबार साधारण तारेखरिहा भएका हुन् । उनीहरु साधारण तारेखमा रिहा भएका हुन् ।
उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो ।
देवनारायणका कान्छा छोरा अजयले केही महिना पहिले भारत कुनौलीकी ज्योति साहलाई भागी विवाह गरेका थिए । तर, ज्योतिका माइती पक्षले अजयसहित चार जनाबिरुद्व अपहरणको उजुरी कुनौली थानमा दिएका थिए ।
तर, दशैंको बेलामा सीमा पारी गरेको बेला अजयले भारतीय प्रहरीले पक्राउ गरेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि पक्राउ गरिएको थियो ।
बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका थिए ।
गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले बनाएको अबैध बाँध देवनारायणकै अगुवाईमा स्थानीयबासीप्ले भत्काएका थिए । त्यसक्रमा उनी घाइते पनि भएका थिए । त्यसको बदला लिन देवनारायणलाई पक्राउ गरेको बताइन्छ ।