Breaking News

अन्तरलायन्स फुटसल प्रतियोगिता शुरु

By Peoplesdailynepal

June 24, 2018

पोखरा, १० असार। लायन्स क्लब अफ हेमजाको आयोजनामा शनिवारदेखि चौथो अन्तर लायन्स फुटसल प्रतियोगिता शुरु भएको छ । कार्यक्रममा फुटबलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा बौल्दै प्रमुख अतिथि पूर्व मल्टीपल काउन्सील चियर पर्सन प्रेम श्रेष्ठले लयान्स क्लबहरुबीचको भाइचारालाई कायम गर्न लायन्स क्लब हेमजाले महत्वपूर्ण कार्य गरेको बताए।

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले फुटसल पनि फुटबलको विकासको एउटा पाटो भएकोले फुटबलको विकास गर्न यो प्रतियोगिता पनि कोषेढुंगा सावित हुने बताए।

कार्यक्रममा लायन्स क्लब अफ हेमजाका सहसचिव सन्तमान श्रेष्ठ र सहकोषाध्यक्ष शिवप्रसाद पौडेलले पनि बोलेका थिए।

हामी सेवा गछौं भन्ने लायनवादको नारा खेलकुदसँगै स्वास्थ्य वढाऔं भाइचार भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिता आइतवार सम्म चल्ने छ।

पोखरा फुटसल एरिना गैहपाटन पोखरामा भएको उक्त प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको फाईनल खेल लायन्स क्लब अफ पोखरा ग्लोवल लेकसिटी र लायन्स क्लब अफ पोखरा सुन्दर नगरीबीच हुने छ।

लायन्स क्लबबीच आपसी भाईचारा वृद्धि गर्दै क्लबको छविलाई उचो राख्दै छरिएर रहेको श्रोतलाईृ एकिकृत गरी सामाजिक सेवामा लगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

लायन्स क्लब अफ हेमजाका अध्यक्ष नवराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मोतिराज तिमिल्सिनाले स्वागत र सचिव हरिश्चन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।