Breaking News

६६ औ मदन भण्डारी जयन्ती कास्कीमा सम्पन्न

By Peoplesdailynepal

June 28, 2018

नेपाल कम्युनिष्ट पार्टी कास्कीद्वारा आयोजित ६६ औ मदन जयन्तिको अवसरमा शान्तिपूर्ण जनक्रान्तिमा जननेता मदन भण्डारीको योगदान विषयक पर्वचन कार्यक्रम पार्टी कार्यालय शान्तिवनमा सम्पन्न भएको छ |

नेकपाका केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतित्यथामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि कार्कीले मदन भण्डारीको बहुआयामिक ब्यतित्वको बारेमा प्रष्ट पर्नुभएको थियो एवं कास्की कार्यदल सदस्य एवं संसाद दिपक कोइरालाले मदन भण्डारीका योगदानका विषयमा चर्चा गर्नुभएको थियो |

कार्यक्रम जननेता मदन भण्डारीको तस्विरमा माल्य अर्पण एवं भण्डारीको सम्झना १ मिनेट मौन धारण गरि कार्यक्रमको शुरु गरिएको थियो |

उक्त कार्यक्रमको सभापतित्व कास्की कार्यदल सदस्य एवं संसाद कृष्ण थापाले गर्नुभएको थियो, तेस्तै स्वागत मन्तब्य कास्की कार्यदल सदस्य एवं संसाद प्रभा कोइरालाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन कास्की कार्यदल सदस्य दामोदर वैरागीले गर्नुभएको थियो |