Breaking News

काठमाडौंमा बस खोलामा खस्यो, १५ यात्रु घाइते

By Peoplesdailynepal

June 29, 2018

काठमाडौं, १५ असार/ शुक्रबार विहानै काठमाडौंमा बस खोलामा खसेर दुर्घटना भएको छ । तार्केश्वर नगरपालिकास्थित लामबगरमा भएको दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।

बस धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै थियो । प्रहरीका अनुसार बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएको हो ।

घाइतेहरुको ग्राण्डी र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।