अर्थ

गर्मी मौषममा ६ तरकारीका फाइदै-फाइदा !

By peoplesdailynepal

July 13, 2018

जाडो महिनाको तुलनामा गर्मी मौषममा खानपानमा विशेष ध्यान दिनुपर्छ । गर्मी मौषममा खानपानमा ध्यान दिन नसकेमा बिरामी पर्ने सम्भावना पनि उत्तिकै मात्रामा रहेको हुन्छ । फुड प्वाइजनको समस्या पनि अधिक रहने हुँदा खानपानमा विशेष ध्यान पुर्याउन चिकित्सकको सल्लाह रहने गर्दछ । त्यसैले यो मौषममा बढि तेलमा तारेको तथा मसलायुक्त खानेकुरा स्वास्थ्यका दृष्टिले त्यति लाभदायक मानिदैन । तसर्थ हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ। गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ :

१. करेला : गर्मीको मौषममा करेला खानुु स्वााास्थ्यका लागि फाइदाजनक मानिन्छ । करेला खाँदा तितो भएपनि स्वास्थ्यका लागि भने लाभदायी हुन्छ । करेलामा पाइने फस्फोरस, प्रोटिन, क्यालसियम, कार्बोहाइड्रेड र भिटामिन पाइन्छ । जसमा भएका विभिन्न पौष्टिक तत्वले खाना पच्नुका साथै पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

२. फर्सी : गर्मी मौषममा फर्सीको तरकारी खाने गर्नाले शरिरलाई विभिन्न फाइदा पुग्ने गर्दछ । यसमा पाईने खनिज तत्वले शरिरबाट निष्कने विषाक्त पदार्थ बाहिर निकाल्नुका साथै एसीडीटी हटाउनमा पनि यसले मद्दत पुर्याउँछ । फर्सीमा खनिज तत्वकाृ भरपुर मात्रा रहने हुँनाले तौल घटाउन सहयोग गर्दछ । फर्सी मात्रै नभई यसमा हुने बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

३.हरियो सिमी : हरियो सिमी गर्मी मौषममा प्रयोग गर्नाले स्वास्थ्यका लागि धेरै फाइदा पुग्ने गर्दछ । विशेष गरि हरियो सिमीमा पाइने पर्याप्त पोषक तत्वले शरिरमा रोग प्रतिरोधी क्षमतामा बृद्धि गर्नुका साथै कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ । सिमीमा विषेश गरि शरीरलाई आवश्यक पोषक तत्व भिटामिन ए, सी र बी ,क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । यसका साथै सिमीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ ।

४. लौका : तरकारीको रुपमा प्रयोग गरिने लौका गर्मी मौषममा निकै फलदायी तरकारीका रुपमा पर्दछ । यसको प्रयोगले कलेजो स्वस्थ राख्न मद्दत पुग्नु पेटमा ग्यास बढ्न नदिनु यसका फाइदा हुन भने अल्सर पायल्स, ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुने मानिन्छ । चिसो खालको तरकारीमा पर्ने लौकामा कम क्यालोरी हुने भएकाले पनि सजिलै मात्रमा पचाउन सकिन्छ । यसमा ९६ प्रतिशत पानी पाइन्छ ।

५. प्याज : प्याजमा स्वास्थ्यका लागि आवश्यक तत्वका कारण गर्मी मौषममा यसलाई बरदानका रुपमा लिन सकिन्छ । तरकारीमा मात्र नभई प्याजलाई काँचै समेत सलादका रुपमा प्रयोग गर्दा लू लाग्दैन भने नियमित प्रयोग गर्दा भिटामिन सी, भिटामिन बी, क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यत्तिमात्रै नभई प्याजमा म्याङगनिजको मात्रा भरपूर मात्रामा पाइन्छ ।

६. गोलभेंडा : गोलभेडामा पाइने विभिन्न तत्वले पनि गर्मी मौषमा फाइदा पुर्याउन सक्छ । यसको दिनहुँ गरिने प्रयोगले धेरै खाले रोगबाट बच्न सकिन्छ । गोलभेडामा पाइने भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।