काठमाडौं । सरकारले गरिबहरुलाई दिने सुवा सुविधाको टुंगो नलगाइकन गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरेको छ । २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि शुक्रबारबाट परिचयपत्र वितरण सुरु भएको हो ।कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी गरेका छन् ।