Breaking News

दुवै हात गुमाएका नारायण

By peoplesdailynepal

July 13, 2018

विद्युत प्राधिकरणको स्पेर पोल निकाल्ने क्रममा गम्भीर घाइते भएका आदर्श गाउँपालिका १ चासीका नारायण खड्का अव आफ्नो हातले पोल छुन सक्ने छैनन् । पोल मात्रै हैन अब उनी खानासमेत अरुको सहाराले मात्रै खान सक्नेछन् ।

असार १९ गते बिद्युत प्राधिकरणले रिलोकेसन गर्दा खाली रहेको पोल अर्को ठाउँमा प्रयोग गर्ने गरी झिक्ने क्रममा पोल ढल्न गइ हाइटेन्सन लाईनमा छोईदा करेण्ट लागेर गम्भीर घाईते भएका नारायणले दुवै हात गुमाउनु पर्‍यो । घटनापछि तत्काल दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्‍याइएका खड्कालाई थप उपचारका लागि काठमाण्डौं लगिएको थियो ।

कीर्तिपुर अस्पतालमा उपचाररत खड्काका दुवै हात जोगाउन चिकित्सकहरुले अथक प्रयास गरेपनि सफल हुन नसकेर अन्ततः दुवै हात काट्नु परेको नारायणका दाइ नाता पर्ने योगेन्द्र खड्काले जानकारी दिए ।