Breaking News

नयाँ शक्तिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

By peoplesdailynepal

July 17, 2018

काठमाडौं,साउन १ – रकारविरुद्ध प्रदर्शन होस् या गोविन्द केसीको विषयलगायत विभिन्न माग राख्दै गरिएको प्रदर्शन किन नहोस्, पछिल्लो समय राजधानीको माइतीघर मण्डला केन्द्रीत प्रदर्शन गर्ने क्रम बाक्लिएको छ ।

हिजो (सोमबार) नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको केहि घण्टामै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि माइतीघरमै विरोध प्रदर्शन गरेको छ । सो क्रममा नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ । प्रर्दशनमा सरकारले महँगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुनेगरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै चर्का नाराबाजी गरिएको थियो । नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ ।