Breaking News

जागिर खुल्यो नेपाली सेनामा

By peoplesdailynepal

October 08, 2017

काठमाडौं,असोज २२ – नेपाली सेनाले नयाँ पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले आईतवार एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न पदहरु रहेका छन् ।

आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्।

इच्छुक उम्मेद्वारले यही असोज २२ गते गतेदेखि कार्तिक २० गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।