Breaking News

समानुपातिकमा कुन समुदाय कति प्रतिशत? मतदान केन्द्र थपिने ! कुन प्रदेशमा कति दल प्रतिस्पर्धी ?

By peoplesdailynepal

October 08, 2017

काठमाडौं,असोज २२ – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइएनजिओ तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिँदै आएको थियो । आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले सरकारले पर्याप्त बजेट उपलब्ध गराउने भएकाले यसपटक वैदेशिक सहायता नलिने निर्णय भएको जानकारी दिए । आयोगले हालै सम्पन्न स्थानीय तह निर्वाचनदेखि बिस्तारै वैदेशिक सहायता लिने क्रम घटाएको हो । अाजको नयाँ पत्रिकामा खबर छ-आयोगले विगतमा भारतबाट गाडी, स्कुटी, चीनबाट छेकाबार, डटपेन, पन्चिङ मेसिन, मसीलगायतका निर्वाचन सामग्री सहायता लिने गरेको थियो । यसपटक आयोगले आवश्यक ती सबै सामग्री आफैँले खरिद गर्नेछ ।

मतदाता र मतदान केन्द्र थपिने आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको संख्या थपिने जनाएको छ । स्थानीय तहको निर्वाचनमा करिब १८ हजार मतदान केन्द्र थिए । त्यसमा १५ सयदेखि दुई हजार मतदान केन्द्र थप हुने प्रवक्ता ढकालको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एक करोड ४१ लाख मतदाता थिए । त्यसमा करिब १४ लाख मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब एक करोड ५५ लाख मतदाता हुनेछन् । समानुपातिकको ढाँचा तयार निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतपत्रको ढाँचा टुंगो लगाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मतपत्र एउटै प्रयोग गरिनेछ । समानुपातिक निर्वाचनको मतपत्रको ढाँचाअनुसार प्रतिनिधिसभाका लागि देशैभरि एकै प्रकृति र प्रदेश सभाका लागि प्रदेशअनुसार दलको सहभागिताका आधारमा मतपत्र फरक हुने आयोगले जनाएको छ । एउटै पानामा बायाँतर्फ प्रतिनिधिसभामा भाग लिने दलको निर्वाचन चिह्न र दायाँतर्फ प्रदेश सभामा भाग लिने दलका निर्वाचन चिह्न हुनेछन् । आयोगका अनुसार प्रत्यक्ष निर्वाचनका लागि उपयोग गरिने मतपत्रको ढाँचा भने प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनपछि टुंगो लाग्नेछ । समानुपातिक निर्वाचनका लागि प्रयोग गरिने मतपत्र भने दसैँअघि नै छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक र प्रत्यक्षका मतपत्र छाप्दा समय बढी लाग्ने भएकाले समानुपातिकतर्फको मतपत्र दसैँअघि नै छपाइ सुरु भएको हो । निर्वाचन प्रभावित गर्ने गतिविधि नगर्नू : आयोग निर्वाचन आयोगले दलीय गठबन्धनले मंसिरमा हुने निर्वाचनमा कुनै असर नपार्ने जनाएको छ । दलीय गठबन्धनका कारण निर्वाचन सर्ने हल्ला चलेपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो । साथै, आयोगले निर्वाचन प्रभावित हुने गतिविधि र क्रियाकलाप सञ्चालन नगर्न पनि राजनीतिक दल, सरकार र सरोकारवालालाई आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले १० र २१ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको सुरुवात र मतपत्र छाप्ने काम भइरहेको जानकारी दिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी प्रदेश निर्वाचन क्षेत्र : ३३० प्रतिनिधिसभा निर्वाचन क्षेत्र : १६५ प्रदेश सभामा समानुपातिक सदस्य : २२० प्रतिनिधिसभामा समानुपातिक सदस्य : ११० प्रदेश सभामा प्रत्यक्ष सदस्य : ३३० प्रतिनिधिसभामा प्रत्यक्ष सदस्य : १६५ जम्मा निर्वाचित प्रतिनिधि : ८२५ मतदाता : करिब एक करोड ५५ लाख मतदान केन्द्र : करिब २० हजार मतपत्र : करिब तीन करोड ४० लाख (प्रत्यक्ष र समानुपातिक) खर्च : १० अर्ब रुपैयाँ मतपत्र ढुवानीका लागि समय : करिब २० दिन मतपत्र छाप्ने समय : करिब एक महिना मतपत्रको प्रकार : दुई दलित : १३.८ आदिवासी जनजाति : २८.७ खस–आर्य : ३१.२ मधेसी : १५.३ थारू : ६.६ मुस्लिम : ४.४ महिला : ५.० पिछडिएको क्षेत्र : ४.३ कुन प्रदेशमा कति दल प्रतिस्पर्धी ? प्रदेश नम्बर १ : ८७ प्रदेश नम्बर २ : ८६ प्रदेश नम्बर ३ : ८६ प्रदेश नम्बर ४ : ८२ प्रदेश नम्बर ५ : ८४ प्रदेश नम्बर ६ : ८२ प्रदेश नम्बर ७ : ८३