साउन १४- काठमाडौं / सुन्दा अनौठो लाग्ने तर सत्य घटना बाहिर आएको छ। घटना हो नेपालको एक मात्र अन्तरास्ट्रिय विमानस्थल त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको । युनाईटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाइ दुबई एयरलाइन्स’ को एउटा जहाज आइतबार तयारी अवस्थामा छ। करिब १ सय ५४ जना यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।
फ्लाइ दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००’ सिरिजको १ सय ७४ सिट क्षमतायुक्त उक्त जहाज कमान्ड गरेर दुबई लैजान क्याप्टेन नासिद हुसेन एक घन्टा अघि त्रिभुवन विमानस्थल आइपुगे। तर, उनको हिँडाइ र बोलाई ‘लरबरिएको र असामान्य’ थियो। आजको नागरिक दैनिकमा समाचार छ ।
त्रिभुवन विमानस्थलमा काम गर्ने फ्लाइ दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’ हरूले जहाज कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ (मापसे) गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने’ भन्दै निवेदन दिन्छन्।
त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाइ दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकोमा पुग्छन्। क्षेत्रीले सबै कुरा बुझेपछि उड्डयन सुरक्षा नियमअनुसार कारबाही अगाडि बढाउन निर्देशन दिन्छन्। रिस्नेट नेपाल डट कममा खबर छ