Breaking News

यात्रामा दुख पाउनुहोला, पहिरोले अवरुद्द छ मुग्लिन- नारायणघाट सडक, खुल्न समय लाग्ने

By peoplesdailynepal

August 02, 2018

चितवन,  साउन १७- घुमाउने र जलबिरेमा आज बिहान ४ बजे पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान सञ्चलन गरिएको छ ।