Breaking News

पाइप बाट घरघर मा ग्याँस पुग्यो, जनता सरकार संग सकारात्मक बन्दै

By peoplesdailynepal

August 03, 2018

कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले घर घरमा पईप बाट ग्याँस पुर्यईदिन्छु भन्दा धेरैले उनलाई हासो मजाकको पात्र बनाए । उनले बेला बेला यहि कुरालाई जोड दिदाँ त् उनको विरोधी हरु पनि बढे । तर केपी शर्मा ओलीले देखेका हरेक सपना विस्तारै पुरा हुने देखिएको छ ।

जब विराटनगरमा घर घरमा पाइप बाट ग्याँस पुग्यो, स्थानीय दंग छन् र यसै सफलताले गर्दा देशभरि नै जनता सरकार संग सकारात्मक बन्दै गएका छन् र प्रधानमन्त्रीका सपना पुरा हुनेमा विश्वस्त भएका छन् । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर विराटनगरबासिले कहिल्यै सोचेका थिएनन्। तर अहिले विराटनगरमा ३२ घरले बिहीबारदेखि पाइपबाट आएको ग्यासमा नियमित खाना पकाउँदै छन् ।

ग्याँसको बिल कति आउँछ बाहिर ढोकामा देखिने गरि राखिएको छ । करिब ६५ लाखको लागतमा यो परियोजना सञ्चालन भएको हो । स्थानीय श्रीकृष्ण गौसेवा सदनले नेपाल ऊर्जा विकास कम्पनीको सहयोगमा करिब ८५ परिवारलाइ वैकल्पिक ऊर्जा पाइपमार्फत भान्सासम्म पु¥याउने लक्ष्य लिएको हो । पहिलो चरणअन्तर्गत ३२ परिवारमा ग्यास पाइप जडान गरिएको छ ।

गौ सेवा सदनमा पाका गाई र बाच्छा बाच्छी गरी २ सय ५ चौपाया रहेका छन् । ०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको उक्त गौशालाबाट निस्किएको गोबर कसरी सदुुपयोग गर्ने भन्ने समितिले छलफल चलाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पाइपबाट ग्यास पु¥याउने बताएपछि समितिले सोबारे चासो राखेको थियो। भरपर्दो सहयोगी दातालाइ गुहारेपछि अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने प्रोजेक्ट बनेको हो ।

गोबरलाई हरेक दिन ग्यास प्लान्टमा राखिन्छ । ग्यास बनेर भण्डार भएपछि सीधै सर्वसाधारणको भान्सामा पुुग्छ भने बाँकी ठोस पदार्थलाई खुला प्लान्टमा राखिन्छ । जैविक किरालाई खुवाएर कुहिने बनाएपछि ९० दिनमा कम्पोस्ट मल तयार हुन्छ । यसरी तयार भएको मल बजारमा प्रतिकेजी १२ रुपैयाँसम्म बिक्री हुने गरेको समितिले जानकारी दिएको छ । ५ सय गाई अट्ने क्षमता भएको गौशालामा थप गाई थपिने र वैकल्पिक ऊर्जाको क्षमतालाई पनि बढाउँदै जाने योजना समितिको रहेको छ ।

यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ । तस्विर : अन्नपुर्णपोष्ट