Breaking News

पोखरामा आज दिनभरी बिजुली नबल्ने

By peoplesdailynepal

August 04, 2018

पोखरा, साउन १९ / नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युत मर्मतका लागि शनिबार पोखराका केहि क्षेत्र विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गदै शनिबार विहान १० बजे देखी बेलुका ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

शनिबार एयरपोर्ट फिडर अन्तर्गत मालेपाटन, पोखरी पाटन, मासबार, प्रस्याङ, रत्नचोक लागएतका क्षेत्रमा, सराङकोट फिडर अन्तरर्गतको विन्ध्यवासिनी, हरिचोक, सराङकोट, ढिकुरपोखरी, धम्पुस, लुम्ले, सल्यान लगाएत, बैदाम फिडर अन्तरर्गतका जिरो किमी लगातका स्थानमा लाईन मर्मत संभार कार्य गर्न विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले सूचना जारी गरि जानकारी दिएको छ ।