परासी,साउन २३- नवलपरासीको प्रतापपुर गाउँपालिका–८ बद्रिघाटमा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
भारतको महाराजगञ्ज निचलौल घर भएकी ती बालिका ठुलीआमा कहाँ आएकी थिइन । बालिकालाई मंगलबार बिहान स्थानीय १८ वर्षीय शैलेन्द्र राजभरले फकाएर घरमा लगि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । पीडाका कारण बालिका रुन थालेपछि घटना बाहिर आएको हो ।पक्राउ परेका राजभरलाई आवश्यक कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।