Breaking News

बिक्री भयो सौर्य एयरलाइन्स

By peoplesdailynepal

August 10, 2018

काठमाडौं, साउन २५- निजी हवाई सेवा प्रदायक सौर्य एयरलाइन्स ६१ करोड रुपैयाँमा बिक्री भएको छ । लामो समयदेखि आर्थिक संकट झेलिरहेको सौर्य एयरलाइन्स अन्ततः नयाँ व्यवस्थापकीय टिमको जिम्मामा पुगेको छ ।

व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो । अबको केही दिनमै नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स सञ्चालन गर्ने भएको छ।

जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो। अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौति गर्दै आएको थियो।