Breaking News

भोलि अाइतबार राती यो वर्षकै बढी उल्का वर्षा हुने

By peoplesdailynepal

August 11, 2018

आइतबार राति उल्का वर्षा हुँदैछ। मौसम सफा रहेमा आइतबार राती र सोमबार बिहानसम्म प्रतिघण्टा ६० देखि एक सयबीचमा उल्का खस्ने अनुमान गरिएको छ। केही समयदेखि उल्का खस्ने भएपनि आइतबार राति र सोमबार बिहान यो वर्षको उच्च बिन्दुमा पुग्न लागेको हो।

अाकाश खुला रहे याे उल्का वर्षा काठमाडाैंसहितका ठाउँबाट हेर्न सकिनेछ। एक घण्टामा ५० वटाभन्दा बढी उल्का खसे त्यसलाई उल्का वर्षा भनिन्छ। उल्का आकाशको जताबाटै पनि खस्सेको देखिन्छ। तर आकाशमा धेरै अँध्यरो भएको स्थानतिर हेर्दा राम्रो देखिन्छ। प्रदूषण र प्रकाशको कारण हुने प्रदुषणको कारण खगोलीय गतिविधिमा आकाशमा कम देखिन थालेका छन्।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरीक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई हामी उल्का वर्षा भन्दछौं। सूर्यलाई परिक्रममा गर्ने क्रममा १ सय ३३ वर्षअघि पुच्छ्रेतारा स्विफ्ट टटलको छाडेको कणहरु हुन्।

यो अन्तरीक्षमा रहेको स्थानमा साउन महिनाको अन्त्य र भदौको शुरुमा पृथ्वी पुग्छ। सन् २००८ देखि २०१३ सम्म विभिन्न उल्का वर्षाहरुको खिचिएको हजारौ तस्वीरहरुको नासाले गरेको यायती उल्का वर्षामा अन्य उल्का वर्षाभन्दा चम्किलो देखिने गरेको जनाए छ । उल्का वर्षा हुँदा कण र भट्टानहरु प्रति सेकेन्ड ६० किमीको गतिमा बायुमण्डलमा प्रवेश गर्ने छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ।