Breaking News

स्कुल बस दुर्घटना, १४ विद्यार्थी घाइते

By peoplesdailynepal

August 13, 2018

इलाम, साउन २८- आज विहान बिहान स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन्।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–१ बाघखोरमा आशादीप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्सेतर्फ आउँदै गरेको मे १ ख १९५५ नम्बरको स्कुल बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा रोडबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

घाइते विद्यार्थीहरुलाई उपचारका लागि झापास्थित बि एन्ड सी हस्पिटल लगिएको प्रहरी जनाएको छ ।