Breaking News

हुम्लामा हेलिकप्टरको पंखाले लागेर एक जनाको मृत्यु

By peoplesdailynepal

August 14, 2018

जुम्ला – हुम्लाको हिल्सामा हेलिकप्टर पछाडिको पंखाले काटेर एक भारतीय नागरिकको मृत्यु भएको छ। मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पंखाले काट्दा भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो।

हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि ओर्लिने क्रममा मेहता अगाडि जानुपर्ने ठाउँमा पछाडितिर गएका थिए। गलत दिशातिर जाँदा हेलिकप्टरको पछाडिको पंखाले उनलाई लागेको थियो।