Breaking News

होस्टेलको छतबाट खसेर बानेश्वरमा एकको मृत्यु

By peoplesdailynepal

August 14, 2018

काठमाडौं,साउन २९ – होस्टेलको छतबाट खसेर बानेश्वरमा एक बालिको मृत्यु भएको छ। सर्लाही मलगंवा नगरपालिका–१० स्थायी घर भएका सन्तोष कुमार कर्णको ४ वर्षीया छोरी साक्क्षकुमारी कर्णको प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेश्रो तलाको छतबाट खसेर मृत्यु भएको हो।

होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।