स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ ।
अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, साइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने निर्णय गरिएको छ । उपमानगरपालिकाका लेखा अधिकृत लेखनाथ ओझादे एक खोला एक घाटको १२ हजार रुपैयाँमा ठेक्का भइसकेको र अरु प्रक्रियामा रहेको बताए । धनगढी उपमहानगरपालिकाभित्र तीन चार दोलामा एक दर्जन घाट छन् । प्रत्येक घाटमा ठेकेदार परिचालन हुनेछन् ।
धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर दुबै नेपाली कांग्रेसका नेता विजयी भएका छन भने वडा अध्यक्ष र वडा सदस्यमा पनि कांग्रेसकै बाहुल्यता देखिएको छ । अन्य स्थानीय तहले अनवश्यक कर उठायो भनेर अान्दोलन गर्ने कांग्रेस धनगढीमा भने अाफ्नैबाट जिल्लिएको छ ।