Breaking News

भद्रगोल, मेरी बास्सै लगायतका नेपालि टेलिभिजनका सिरियल बन्द हुनुको कारण; एनटीभीले ‘पिक टाइम’ बेच्न नसक्नु

By peoplesdailynepal

August 17, 2018

नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका हास्यटेलिश्रृंखलाहरु लामो समयदेखि बन्द रहनुको कारण बनेको छ मिडिया हबसँग टेलिभिजनको तीन वर्षे करार अवधि सकिनु । आठ बजे समय पछी को पिक टाईमको अवधि जब सकियो र नेपाल टेलिभिजनले उक्त समय बिक्रीका लागि दुईपटक टेन्डर आह्वान गरिसक्दा पनि एउटै प्रस्ताव नपरेपछी प्रशारणमा अन्यौल सृजना भएको हो ।

अहिले सम्म एउटा पनि टेन्डर नपरेको भए पनि मिडिया हबले भने छुट्टै निवेदन दिएर उक्त समय पुन खरिद गर्ने इच्छा व्यक्त गरेको छ । तर, पहिलेकोभन्दा पैसा घटाउनुपर्ने उसको माग छ ।