Breaking News

बाढीले गेर्खुको पुल कटान, नुवाकोट र रसुवाको यातायात ठप्प

By peoplesdailynepal

August 19, 2018

नुवाकोट, ३ भदौ  । पासाङल्हामु राजमार्गको नुवाकोटमा रहेको गेर्खुको पुललाई  गेर्खु खोलाले भात्काएर सडक कटान गरेपछि नुवाकोट र रसुवाको यातायात ठप्प भएका छन्  ।

त्रिशूली–बेत्रावती खण्डको यो पुललाई आज बिहान खोलामा आएको बाढीले कटान गरेको हो ।विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको  छ ।

सडक नै कटान भएकाले निर्माणका लागि  योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जानकारी दिएको  छ ।