(प्रतिकात्मक तस्बिर)

Breaking News

सिमलचौरमा कारले स्कुटरलाई ठक्कर दिँदा पौडेल घाईते, चालक फरार

By peoplesdailynepal

August 19, 2018

पोखरा, ३ भदौ / आईतवार विहान १० बजेको समयमा सिमलचौरमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । अल्फावेट नखुलेको ९१३५ नम्वरको कारले ग ५ प ४२२७ नं. को स्कुटरलाई अल्फाबेटे ठक्कर दिदा सिमलचौर वस्ने वर्ष ३३ कि ईश्वरी पौडेल घाईते भएकी हुन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । ठक्कर दिने कार र कार चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।