रुपन्देही, भदौं ४ – बुटवलमा महिलालाई नसालु पदार्थ खुवाएर बेहोस बनाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही देवदह–३ बसन्तपुरका देविलाल खनाल रहेको इलाका प्रहरी कार्यालय बुटवलकाले जनाएको छ ।
बुटवल २ खनालले प्युठानकी २४ वर्षीय एक महिलालाई नसालु पदार्थ खुवाई पाखापानीमा रहेको जंगलमा लगेर जबर्जस्ती करणी गरेका थिए । महिलाको उद्धार गरी उपचार गरिएको प्रहरीले बताएको छ ।