Breaking News

रोट्रयाक्टको रक्तदानमा ५३ युनिट रगत

By peoplesdailynepal

November 10, 2017

पोखरा, २४ कार्तिक

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ कमिटिको आयोजनामा रोट्रयाक्ट क्लब अफ पोखराको संयोजनमा चौथो स्व. रो. सचिन स्मृति राष्ट्रब्यापी रक्तदान कार्यक्रम ५३ यूनिट रगत संकलन भएको छ । रोटरी इंटरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनी किरण लाल श्रेष्ठकोे २० औ पटक रक्तदान गर्न लागेकी रोट्रयाक्ट क्लब अफ पोखराकी प्रथम उपाध्यक्ष प्रिति पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुक्रवार कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रको बारेमा प्रकाश पार्दै जोन ४ का जेड.आर. आर. दीपेन्द्र बहादुर घिमिरेले स्व. रो. सचिनको सम्झना गर्दै उनी जस्तै लगनशील र समाजसेवी युवा जमातलाई रोट्रयाक्टमा स्वागत गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रममा रगतको महत्व एबं रक्तदानको अपरिहार्यताको बारेमा प्राविधिक अर्जुन ज्ञावलीले प्रस्ट पारेका थिए । रोट्रयाक्ट डिस्ट्रिक्ट कमिटी को बार्षिक कार्यक्रम अन्तर्गतको उक्त कार्यक्रममा सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्दै संयोजक क्लबका अध्यक्ष सुदीप गुरुङले सम्पूर्ण सहयोगिलाई धन्यबाद ज्ञापन थिए । पोखरा सभागृहमा आयोजित उक्त कार्यक्रम संचालन संयोजक क्लबका सम्पादक प्रवेश गौतमले गरेका थिए ।

 

पोखरा सभागृहमा आयोजित उक्त कार्यक्रममा जोन ४ का १२ रोट्रयाक्ट क्लबले सह संयोजनको भूमिका निभाएका थिए भने जोन ४ कै ८ रोटरी क्लबहरुले सहयोग गरेका थिए । बिशेष उपस्थितिको रुपमा जर्मनी नागरिक लौरा भनेस्सा रोयले पनि उक्त कार्यक्रममा रक्तदान गरेकी थिईन ।