Breaking News

शौचालयभित्रै १४ वर्षीया किशोरी बलात्कृत भइन

By peoplesdailynepal

August 26, 2018

काठमाडौं, भदौ १०/ किशोरीलाई शौचालय शौच गर्दा बलात्कार गर्न नछाडेको राजधानीमा घटेको एक घटनाले पुष्टि गरेको छ । राजधानीको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी शौचालयमा शौच गर्ने क्रममा बलात्कृत हुनु परेको छ । यसले राजधानीमै किशोरीहरु कती सुरक्षित छन भन्ने स्पष्ट हुन्छ ।

शुक्रवार साँझ ‘नेवारी खाजा घर’मा खाजा खान पुगेका बाजुरा बूढीनन्द नगरपालिका–१० स्थायी घर भई शेषमती बस्दै आएका साजन बोहराले बलात्कार गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बयानका क्रममा ‘१८ वर्षीय साजन बोहराले शौचालय गएको बखत जबर्जस्ती करणी गरेको बालिकाले बताएकी छिन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाका अनुसार बलात्कारी साजनलाई शनिवार साँझ नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । साजन र बालिकाको बीचमा सामान्य चिनजान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।