काठमाडौं, भदौ १२ – काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द गरिएको छ । सोमबारदेखि चार दिन त्यहाँ गाडी पार्किङ गर्न नपाइने भएको छ । खुलामञ्चमा रहेको बसपार्क मर्मत गर्नका लागि चार दिन त्यहाँ पार्किङ गर्न रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठुला यात्रुवाहक सवारी साधनलाई कोटेश्वबाटै ड्राइभर्सन गरि सातदोबाटो, कलंकी, हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ ।तर यात्रुले बसको टिकट लिन भने खुलामञ्च मा नै गएर लिनु पर्ने हुन्छ । खुलामञ्चमा टिकट लिएर बस चढ्न यात्रु नयाँ बसपार्कमा पुग्नु पर्नेछ । यसले गर्दा यात्रुलाई भने हैरानी हुने भएको छ ।
यता साँखु, बौद्ध, चावहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामञ्चस्थित बसपार्कका आउने सवारी साधनहरुलाई भने रत्नपार्क वरपर ‘पिक एण्ड ड्रप’ मात्रै गर्ने व्यवस्था मिलाइएको छ ।