मोरङ – मोरङ जिल्लाको पथरी-शनिश्चरे नगरपालिका-६ स्थित शान्ति चोकबाट भाद्र १५ गते शुक्रबार लागू-औषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको गस्ती टोलीले शुक्रबार साँझ ६:३० बजे जिल्ला मोरङ सुनवर्षी नगरपालिका-२ अमरदह बस्ने वर्ष २४ को मोहमद ताजुव र सोही स्थान बस्ने वर्ष २० को मोहमद दानविरलाई लागू-औषध सहित पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा दुबै जनाको साथबाट लागू-औषद नाईट्रोभेट १६५ ट्याबलेट र १०० एमएलको कोरेक्स १ बोतल बरामद भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । बरामद लागू-औषध सहित दुबै जनालाई अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ ।