Breaking News

बैंक भित्रैबाट सेवाग्राहीको रकम लुटियो

By peoplesdailynepal

September 02, 2018

बुटवल,भदौं १७ – बुटवलमा बैंक भित्रैबाट रकम लुटिएको छ । आइतबार बिहान बुटबलस्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवाली लुटिएका हुन । बैंकमा नगद २ लाख २३ हजार जम्मा गर्न गएका ज्ञवालीलाई तीन जनाले बैंक भित्रबाटै लुटेका हुन ।

ज्ञवालीको नेपागञ्ज रोडमा दुर्गा प्लास्टिक हाउस रहेको छ । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेराबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।