Breaking News

सभामुखसहित सांसदको तलब तोकियो

By peoplesdailynepal

September 03, 2018

काठमाडौं,भदौं १८- प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकका ४९ हजार, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेशसभा सदसइ सांसद को ४५ हाजर रुपैयाँ पारित गरिएको हो ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमाा व्यवस्था गर्न बनेको विधेयक २०७४ माथि प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले पेश गरेको प्रतिवेदनमा अन्य सुविधासमेत थप गरी पारित गरिएको छ ।, आजको नागरिक दैनिकमा समाचार छ ।