Breaking News

जनप्रिय क्याम्पसमा लागेको तालावन्दी खुल्यो ! यसरि चुक्यो क्याम्पस प्रशासन र स्ववियु, स्ववियुले माग्यो क्षमा

By peoplesdailynepal

September 03, 2018

भदौ-१८, पोखरा/ गएको १४ गते पोखराको जनप्रिय क्याम्पसमा एउटा फ्लिमको व्यापक प्रचारवाजी भयो । चलचित्र थियो ‘रोज’ । चलचित्र रोजको प्रोमोसनका लागि क्याम्पस प्रशासनले अनुमति दिएको भन्दै उक्त क्यामपसको स्ववियुले फ्लिम युनिटलाइ क्याम्पस भित्र प्रवेश गरायो । तर नियमित पठनपाठन नै अवरुद्द हुने गरि गरिएको उक्त कार्यक्रमको विरोध गर्दै अनेरास्ववियूले क्याम्पस प्रमुख विरन्जी गौतमको कार्यकक्षमा तालावन्दी गरेको थियो ।

तिन दिन देखि लगाईएको ताला हिजो सम्पन्न वैठकबाटको सहमति पश्चात खुलेको हो । क्याम्पस प्रशासन, स्ववियु र आन्दोलनरत विधार्थीहरु विचको वार्ता द्वारा रोज फिल्म युनिटलाई प्रमोशन गर्न दिइएको सम्बन्धमा विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको असुविधा प्रति स्ववियूका सभापति आशिक गुरुङले क्षमायाचना गरे संगै आगामी दिनहरुमा कार्यक्रम गर्नुपूर्व निर्णय गराएर मात्र आयोजना गरिने स्ववियू सभापति गुरुङले प्रतिबद्धता जनाए पछी र कुनै पनि विद्यार्थी संगठनले आयोजना गरिने कार्यक्रमको औचित्यता पुष्टि हुने गरी कार्यक्रम आयोजना गरिने निर्णय भए संगै ताला खुलेको हो ।

कार्यक्रम गर्नु नराम्रो होइन, तर बिना निर्णय, विधार्थीको पठनपाठननै अवरूद्द हुने गरि, स्ववियु जस्तो जिम्मेवार संगठनले त्यति ठुलो कमजोरी गर्नु र क्याम्पस प्रशासन मौन रहनु गलत संस्कार भित्रिएको भन्दै हामि अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा ताला लगाएका थियौं, स्ववियुले क्षमा याचना मागे पछी र अब कुनै पनि कार्यक्रम गर्दा निर्णय गरेर मात्रै अगाडी बढ्ने सहमति संगै ताला खोलिएको अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटिका संगठन विभाग प्रमुख विनय पराजुलीले बताए । समग्र विधार्थीकाे जित भएकाे र याे सन्दर्भले अब सारा विधार्थीकाे अावाज जस्ताे सुकै परिस्थितिमा ,अन्याय काे विरुद्द न्यायको लडाईमा शक्तिशालि हुने उनले बताए ।