Breaking News

पोखराको लामाचौरमा ग्यास लिग भएर आगलागी

By peoplesdailynepal

September 03, 2018

पोखरा, भदौ १८ । पोखरा महानगरपालिका १९ लामाचौर डिबि टोल बस्ने गणेश श्रेष्ठको डेरामा ग्याँस लिक भई आगलागी भएको छ । विहान ११ बजे तिर लागेको आगो प्रहरी र स्थानीले सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नगद २ लाख सहित कोठामा भएका विभिन्न समान गरी अन्दाजी ६ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।