Breaking News

अवैध भारतीय रुपैयाँसहित नेपाली युवक पक्राउ

By peoplesdailynepal

September 03, 2018

झापा,भदौं १८- १२ लाख ८० हजार भारतीय रुपैयाँसहित एक नेपाली युवक पक्राउ परेका छन्। काँकडभिट्टा नाकाबाट भारतीय रकम नेपाल भित्राउन खोजेका ललितपुर निवासी ३२ वर्षीय रविन्द्र बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मेचीनगर नगरपालिका–६ स्थित भन्सार चेकपोइन्टमा चेकजाँचका क्रममा उक्त रकम सहित फेला पारिएको प्रहरीले जनाएको छ। उनले सो रकम भारतबाट नेपाल भित्र्याई काठमाडौं लैजान लागेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ बरामद गरिएका भारतीय रुपैयाँ ५०, १०० र २०० का नोट छन्।