कोहलपुर,भदौं १९- कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ। परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा पीडितका दाजुले गरेका छन्।
बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन्। ‘मैले आन्टी ९काकी०लाई पटक(पटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो। हजुरबुवाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केही बोलिनँ’, बहिनीको भनाइ उद्धत गर्दै उनले भने। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
उनी पहिलो पटक १० वर्षकी हुँदा बलात्कृत भएकी थिइन्। नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो। परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफूलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाइ छ। आफू १० वर्षको हुँदा २०७२ सालमा हजुरबुवाले पहिलो पटक बलात्कार गरेको र त्यसयता लगातार हजुरबुवाले घरमै बन्धक बनाइ बलात्कार गर्दै आएको उनले बताएकी छन्।
बन्धक बनाएर बलात्कार गरेपछि पीडित मानसिक समस्याग्रस्त भएकी छन्। परिवारले मानसिक समस्याग्रस्त पीडितको भारतमा उपचार गराएको थियो। उनका दाजुले पछि पनि उस्तै समस्या देखिएपछि दाङको अस्पतालमा उपचार गराएका थिए। उपचारलगत्तै पीडित फेरि बर्बराउने, मान्छेलाई झम्टने, न्याय देऊ नत्र आत्महत्या गर्छु भन्ने जस्ता असामान्य व्यवहार देखाउन थालेकी थिइन्।