काठमाडौं,भदौं १९ – काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट हराएकी १५ वर्षीय निक्कली पराजुली तीन सातापछि भेटिएकी छन् । भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा फेला पारेको हो । गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देवकोटा मार्गस्थित घरबाट उनि हराएकी थिईन् ।
खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो । उनलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाईनेछ । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् ।