Breaking News

पोखरामा भीषण आगलागी, कवाडी गोदाम जलेर नष्ट (भिडियो सहित)

By peoplesdailynepal

September 04, 2018

पोखरा, भदौ १९ / पोखराको पस्र्याङचोकमा आगलागी भएको छ । चोक नजिकै रहेको कवाडीखानामा लागेको आगो निभाउने प्रयास भैरहेको छ । बाहिरि आगो नियन्त्रणमा आएपनि भित्र अझै आगो रहेको हुन सक्ने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनका अनुसार अझैपनि दमकलले पानी छ्याप्ने काम गरिरहेको छ ।

आगो निभाउन दमकल, प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् । आगलागीको कारण १२ लाख हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । गोदाममा दुईजना बस्ने गरेपनि खाना खान निस्किएको बेला आगो लागेको पीडितलाई उदृत गर्दै कास्की प्रहरीले जनाएको छ । विगत केही दिनदेखि पोखरामा आगलागीको घटना बढिरहेको छ ।

सम्पूर्ण श्रोत : www.dnanepal.com