Breaking News

पोखरा रानीवनमा सडेको अवस्थामा युवकको शव फेला

By peoplesdailynepal

September 05, 2018

भदौ २०, पोखरा । पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो । स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मंगलबार वन हुँदै माछा मार्न गएका एक युवाले शवजस्तो देखेको भनेका थिए ।

बुधबार बिहान उनीसहित स्थानीयको समूह पुगेर एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘स्थानीयले खबर गरेपछि हामीले अनुसन्धान गरिरहेका छौं । शवको पहिचान भएको छैन,’ वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले भने, ‘आजै मुचुक्ला उठाएर पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल लैजान्छौं ।’ शवको नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल फेला परेको कार्की बताए । पानीका कारण मोबाइल अन नभएको कार्कीले जानकारी दिए । शव सडेगलेको अवस्थामा भेटिएकाले उनको मृत्यु केही दिन अगाडि नै भएको भएको उनले बताए । सम्पूर्ण श्रोत : अनलाईन डट कम